आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

काठमाडौं । सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। छठको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ।

यस दिन व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्धता र पवित्रताको संकल्प लिने परम्परा छ। त्यसपछि घर तथा भान्साकोठा सफा गरी चोखो र शुद्ध शाकाहारी भोजन तयार गरेर ग्रहण गरिन्छ।

नहाय–खायका दिन विशेषगरी लौकाको तरकारी, भात र दाल खाने चलन छ। यस दिनदेखि व्रतालुहरूले खानपान र दैनिक आचरणमा विशेष शुद्धता अपनाउने गर्छन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ।

छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक विश्वास रहिआएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply