गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला परेको छ।

२०८३ मंसिर १ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सेतो प्लास्टिकको झोलाभित्र राखिएको अवस्थामा गोली फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गोली ९ एमएम राउण्ड जस्तो देखिने २७ थान रहेका छन्। सीमा क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका ती गोली कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्नेबारे खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply