नवौँ पटक सर्वाधिक कर तिर्ने बैंक बन्यो नबिल बैंक

नवौँ पटक सर्वाधिक कर तिर्ने बैंक बन्यो नबिल बैंक

काठमाडौं । नबिल बैंक नेपाल सरकारबाट नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर दाखिला गरेको जनाएको छ।

बैंकले राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै करिब ३ अर्ब रुपैयाँ आयकर तिरेर बैंकिङ क्षेत्रबाट सरकारलाई प्राप्त हुने राजस्वमा योगदान गरेको हो।

नवौँ पटक सर्वाधिक कर तिर्ने बैंकका रूपमा सम्मानित हुनुलाई बैंकले आफ्नो वित्तीय गतिविधि र राष्ट्रप्रतिको आर्थिक योगदानको कदरका रूपमा लिएको छ।

करमार्फत राज्यको आम्दानी बढाउन तथा मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। नबिल बैंकले पनि कर भुक्तानीमार्फत राष्ट्रिय अर्थतन्त्रमा आफ्नो योगदानलाई निरन्तरता दिएको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply