Home » Sample Page » विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन
विविध

विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

काठमाडौँ ।राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको समितिका सभापति पशुराम मेघी गुरुङले जानकारी दिनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा भूमि प्रशासनसम्बन्धी उपसमिति, सांसद बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा शिक्षासम्बन्धी उपसमिति, वृशेषचन्द्र लालको संयोजकत्वमा यातायातसम्बन्धी उपसमिति र सांसद शेरबहादुर कुँवरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण उपसमिति रहेको छ । ती चार उपसमितिले तीन महीनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ । सो प्रतिवेदन संसद्मा समेत प्रस्तुत गरिने सभापति गुरुङले जानकारी दिनुभयो ।