जानकारी

पुरुषहरुको की छातीमा हुने दुखाई एनजाइना रोगको संकेत हुनसक्स, जानिराखौ एनजाइना रोगका कारण र लक्षणहरु

एनजाइना कोरोनरी धमनीको बीमारीको एक लक्षण हो ।
एनजाइना, जसलाई एनजाइना पेक्टोरिस पनि भनिन्छ ।
छातिमा तेज दुखाई, दबाव, भारीपनाको रूपमा यसलाई वर्णित गरेकोछ ।

एनजाइना एक प्रकारको छाती दुख्ने रोग हो जो हृदयमा रक्तको प्रवाहमा कमीका कारण हुने गर्छ । एनजाइना कोरोनरी धमनीको बीमारीको एक लक्षण हो । एनजाइना जसलाई एनजाइना पेक्टोरिस पनि भन्न सकिन्छको अक्सर मानिसकोे छातिमा तेज दुख्ने, दबाव, भारीपन, जकड़न आदिका रूपमा वर्णित गरेकोछ । एनजाइनाका लक्षणहरु भएका केही मानिसहरु एनजाइनाको वर्णन गर्छन जस्तै कि उनिहरुको छातिलाई निचारेको जस्तो महसूस गरिरहेका छन् साथै उनिहरुको छातिमा भारी वजन रखेको छ । एनजाइना एक नया प्रकारको दुखाई हुनसक्छ र त्यसको डाक्टरद्वारा मूल्यांकनको आवश्यकता हुन्छ । तर एनजाइना अपेक्षाकृत सामान्य हो, फेरि पनि यो अन्य प्रकारको छातिमा दुख्ने, जस्तै कि अपच भएपछिको दुखाई या त्यो परेशानीबाट अलग्गिन मुश्किल हुनसक्छ । यदि छातीमा दुखाई भइरहेको छ भने तुरुन्त चिकित्सकको सलाह लिनु आवश्यक हुन्छ ।

एनजाइनाका लक्षणहरु
१. छातिमा दुखाईले हुने बेचैनी, जो संभवतः दबाव, निचोड़, जलन या परिपूर्णताका रूपमा वर्णित छ ।
२. छातिमा दुखाईका साथ साथै मानिसको पाखुराहरु, गर्दन, जबडा, काँध या पीठमा दुखाई हुने ।
३ . थकान ।
४. साँसमा कमी ।
५. पसीना आउने ।
६. सिर चकराउने ।

महिलाहरुमा देखिन्छन अलग लक्षण
महिलालाई एनजाइना लक्षण पुरुष भन्दा अलिकति भिन्न हुनसक्छ । उदाहरणका रुपमा एनजाइनाको साथै महिलाहरुमा छातीमा दुख्नु भनेको एक आम लक्षण हो, तर यो एकमात्र लक्षण या यो महिलाहरुका लागि सबैभन्दा अधिक प्रचलित लक्षण हुन सक्तैन । महिलाहरुलाई पनि लक्षणहरुको अनुभव हुनसक्छ जस्तै
१. मन मचलनु।
२. साँसों की कमी ।
३ .पेटमा दर्द ।
४. गर्दन, जबडा या पीठमा तकलीफ ।
५.छातिमा दबावको कारण तेज दुखाई ।

एनजाइनाका कारण
एनजाइना मानिसको हृदयका मांसपेशिहरुमा रक्तको प्रवाहमा कमीको कारण हुनेगर्छ । मानिसको रगतमा आक्सीजन हुन्छ, जसले गर्दा मानिसको हृदयका मांसपेशिहरुलाई जीवित रहन आवश्यकता हुन्छ । जब मानिसको हृदयमा रहेका मांसपेशिहरुलाई पर्याप्त आक्सीजन मिल्दैन तब यो इस्किमिया नामक एक स्थितिको कारण बन्छ । मानिसको हृदयमा रहेका मांसपेशिहरुमा रक्तको प्रवाहमा कमीको सबै भन्दा आम कारण कोरोनरी धमनी रोग (सीएडी) हो । कम रक्त प्रवाह एक आपूर्ति समस्या हो, यसको मतलब हो मानिसकोे दिललाई पर्याप्त मात्रामा आक्सीजन युक्त रक्त नमिल्नु हो ।

कुन मानिसहरुलमई हुन्छ एनजाइनाको खतरा
१. यो बीमारी आमतौरमा पुरुषहरु अधिक पाईन्छ । खासगरेर जो मानिस तम्बाकू या धूम्रपान गर्छन ।
२. डायबिटीजका कारण पनि यो बीमारी हुने आशंका अधिकहुन्छ ।
३. उच्च रक्तचाप र कोलेस्ट्राल यो बीमारीलाई बढ़ावा दिन्छ ।
४. एक्सरसाइज नगर्नेहरुमा पनि एनजाइनाको खतरा हुन्छ ।
५. इसका अलावा अधिक उमेरमा र आनुवंशिक कारणहरुले यो बीमारी हुनसक्छ । –आन्लिमाई हेल्थबाट अनुवादित