विविध

लायन्स क्लब मल्टिपल ३२५, डिष्ट्रिक्ट ३२५ ए २ अन्र्तगत जोन एकको डिष्ट्रिक्ट गर्भनर फस्ट एडभाइजरी बैठक सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय एसोसियसन अफ लायन्स क्लव मल्टिपल ३२५, डिष्ट्रिक्ट ३२५ ए २ को कलस्टर, एरिया, रिजन अन्तरगत जोन १ को डिष्ट्रिक गर्भनर फस्ट एडभाइजरी मिटिङ्ग यहि १३ गते बुधबारका दिन सम्पन्न भएको छ । जोन चियर पर्सन योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा र्भचुअलको माध्यमबाट मिटिङ्ग भएको हो । सो अवसरमा जोन एकका चार क्लवहरुको उत्साहजनक उपस्थिति भएको थियो ।

क्लवका अध्यक्षहरुमा जर्नालिष्ट क्लवका लायन नेत्र प्रसाद न्यौपाने, रिजेन्सी क्लवका लयान सूरुची पोखरेल, जागृती क्लवका लायन राबबाबु प्रसाई र मेलम्ची क्लवका लायन शिबराम भट्टराईले लायन्स बर्ष २०२१/०२२ लागि आ–आफ्नो क्लवको तयारी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

उक्त जोन मिटिङमा प्रमुख अतिथिका रुपमा डिष्ट्रिक्ट गर्भनर लायन केशब पाण्डे, अतिथिहरुमा प्रथम भाइस गर्भनर लायन दिनेश श्रेष्ठ, सेकेन्ड भाइस गर्भनर लायन उत्तम झा, पिडिजीहरु लायन बिजु बज्र्राचार्य, जीएसटी लीडर प्रजापति, क्याविनेट सेक्रेटरी लायन शिव कटुवाल, डिष्ट्रिक क्याविनेट ह्ुमन फ्यामेली मेम्बरसिप चियर पर्सन लायन प्रनिता शर्मा बराल, कलस्टर चिफ लायन कृष्णज्योति शाक्य, एरिया चिफ लायन भरत प्रसाई, लायन लिडर लक्ष्मी महत, कलस्टर सेक्रेटरी लायन विनिता मैया नकर्मी, रिजन चिफ लायन अम्बिका भट्टराईको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पीडिजी लायन बिजु बज्रार्चाले अन्र्तराष्ट्रि प्रसिडेण्टको विषयवस्तु, नया योजना पहिचान गर्ने, समुदायलाई कुन सेवाको आवश्यक छ आंकलन वा पहिचान गर्ने लगायतका आवश्यक विषयवस्तुको विषयमा प्रकाश पार्नु भएको थियो । त्यस्तै डिष्ट्रिक्ट गर्भनरे, सेकेन्ड भाइस गर्भनर, जीएसटी लीडर, क्याविनेट सेक्रेटरी, डिष्ट्रिक्ट क्याविनेट ह्ुमन फ्यामेली मेम्बरसिप चियर पर्सन, कलस्टर चिफ, एरिया चिफ, कलस्टर सेक्रेटरी, रिजन चिफद्वयले डिष्ट्रिक गर्भनर फस्ट एडभाइजरी मिटिङ्ग आ–आफ्ना धारणा राख्र्दै, बैठकको सफताको शुभकामना दिनुभएको थियो ।

सो अवसरमा क्याबिनेट एडिशनल सेक्तेट्र लायन मोहन अर्याल, लायन निराजन अर्याल, जोन चियर पर्सनहरु लायन दिपक मानन्धर, लयान गुरु बराल र लायन गणेश आर्चायको पनि सहभागिता रहेको थियो । उक्त जोन बैठकमा जर्नालिष्ट क्लवका प्रथम भाइस प्रेसिडेण्ट यज्ञबहादुर ढकालले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । जोन एकको पहिलो जोन मिटिङ नेपाली जनता अनलाइन पत्रिकाको मुख्य कार्यालयबाट भएको थियो ।