दमकको बाँसघारीमा लुकाइएको म्यागजिनसहित पेस्तोल बरामद

दमकको बाँसघारीमा लुकाइएको म्यागजिनसहित पेस्तोल बरामद

दमक । झापाको दमक नगरपालिका–५ स्थित बाँसघारीबाट म्यागजिनसहित एक थान पेस्तोल बेवारिसे अवस्थामा बरामद गरिएको छ।

आज दिउँसो करिब ४ बजे स्वीप अपरेसन टोलीले खोजतलास गर्ने क्रममा बाँसको झ्याङमा लुकाइछिपाइ राखिएको पेस्तोल फेला पारेको हो। ‘Made in Italy’ लेखिएको उक्त पेस्तोलमा म्यागजिनसमेत जडान रहेको जनाइएको छ।

बरामद पेस्तोल कार्यालयमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply