मुख्य समाचार

भारतीय एसएसबीका जवानले तुईन काटेपछि नेपाली युवा बेपत्ता घटनाको छानबिन गर्न कांग्रेसद्वारा माग

काठमाडौं । दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएका छन् । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन तथा सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन माग गर्नु भएको छ ।
भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिःला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको शर्माले बताउनु भएको छ ।
उनले नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक भएको शर्माले बताउनु भएको छ ।

सो घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन कांग्रेसले सरकार समक्ष माग गरेको छ ।