मुख्य समाचार

महन्थ ठाकुरसहित १६ कार्यकारीणी सदस्य दलविहीन

काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध गराएको विवरणलाई निर्वाचन आयोगले अध्यावधिक गरेको छ । यो संगै अर्का अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका १६ कार्यकारिणी सदस्य अब दलबिहीन बन्न पुगेकाका छन् ।

जसपा विवादमा निर्वाचन आयोगबाट यादवपक्षले आधिकारिता पाएसँगै ३५ जना कार्यकारिणी सदस्यसहितको विवरण आयोगले सोमबार अध्यावधिक गरेको छ । हामीले उपलब्ध गराएको विवरणलाई निर्वाचन आयोगले जसपाको किताबमा अध्यावधिक गराएको नेता अर्जुनबहादुर थापाले बताए ।

सोमबारबाट जसापाको केन्द्रीय कार्यकारणी समिति ३५ सदस्यीय भएको छ । फागुन ११ मा आयोगले जसापाका ५१ जना कार्यकारिणी सदस्यको प्रत्यक्ष उपस्थितिमै हेड काउन्ट गर्दा ३४ जना यादवपक्षमा खुलेका थिए भने रेशम चौधरी तठस्थ थिए ।

सोमबारबाट जसपाको अध्यक्ष भनिएका ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रलाल शुक्ला, अनिल झा, बृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्ताव, उमाशंकर अडगरिया दलबिहीन बन्न पुगेका छन ।