जानकारी

मनिसहरु अब भर्चुअल मृत्यु पहिले नै देख्न सक्नेछन्

केहि वर्ष अघि आत्महत्या गर्ने मेसिन बनाउने डाक्टरले यस मेसिनमा अब अर्को सुविधा थपेको छ । यसको सहायताले, व्यक्तिहरू अब उनीहरूको भर्चुअल मृत्यु पहिले नै देख्न सक्नेछन् । यस मेसिनले विश्वमा शान्तिमय ढङ्गले दुनियाबाट अलविदा लिनको लागि बनाईएको हो ।

डा. फिलिप निट्स्केले केही वर्ष पहिले सार्को नामक एउटा मेसिन बनाएका थिए जुन गम्भीर बिरामीहरूलाई शान्तपूर्वक स्वईच्छा मृत्यृको अनुमति पाएपछि प्रयोग हुन्छ । यो त्यस्ता बिरामीहरूका लागि हो जुन निको हुने कुनै सम्भावना हुँदैन । यस मेसिनलाई पहिलो पटक एम्स्टर्डमको अन्त्येष्टि मेलामा प्रदर्शन गरिएको थियो र पछि यो युरोपमा धेरै स्थानहरूमा प्रदर्शन गरिएको थियो । सार्को वेबसाइटका अनुसार यो थ्रीडी–प्रिन्ट गरिएको ईथेनासिया मेसिन क्याप्सुल जत्तिकै छ र यो कफिनभन्दा दुई गुणा ठूलो छ । अक्सिजन स्तर द्रुत रूपमा कम गरेर co2 को कम स्तर कायम गर्दछ, ताकि व्यक्ति शान्तमा मर्न सक्छ ।

एलएडी बाइबलको रिपोर्ट अनुसार अब यो मेशिनमा नयाँ सुविधा थपिएको छ । यस अन्तर्गत, व्यक्तिहरू अब मर्नु अघि उनीहरूको मृत्युलाई भर्चुअल तरीकाले देख्न सक्नेछन् । जबकि पहिले यस्तो अनुभव केवल यो मेशीनको प्रयोग गरेर मर्न चाहने व्यक्तिले मात्र लिन सक्दछ ।
डा फिलिप भन्छन्, ’सार्को मेशिनले गर्दा हुने मृत्यु पीडाविहीन छ । हावाको अभावले सास फेर्न असमर्थ जस्तो समस्या छैन । व्यक्ति कम अक्सिजन वातावरणमा सजिलै सास फेर्छ । व्यक्तिले एक पटक जीवन पाउँदछ र उसलाई सम्मानको साथ बाँच्नका साथै सम्मानका साथ मर्ने अधिकार हुनुपर्दछ भन्ने यो मेशीन बनाउनुको पछाडिको सोचे रहेको छ ।

डाक्टर फिलिपले यस क्षेत्रमा २ दशक भन्दा बढी समयदेखि काम गर्दैछन् । यसभन्दा पहिले उनले डेलिभरी मेसिन बनाएको थियो । यसको सहयोगमा १९९६ मा अष्ट्रेलियाको राइट्स अफ टर्मिनली इल ऐन अन्तर्गत चार जना गम्भीर बिरामीहरूले आफ्नो जीवन समाप्त गरेका थिए ।