मुख्य समाचार

अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलनका लागि भाइबर, हृवाट्सएप सुविधासहित मोबाइल नम्बरहरु सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपालीलाई विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो । अफगानिस्तानमा रहेका १३४ जना नेपाली सरकारको सम्पर्कमा आएई सकेका छन् ।

सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे सरकारलाई जानकारी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि +९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने बताएको छ ।