दाङ । लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएको संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्ने गरी विधेयक अगाडि बढाएपछि तीव्र आलोचना भएको थियो ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विधेयक फिर्ता गरेर समयानुकुल बनाइने बताए । ुविधेक फिर्ता लिएर सञ्चारमैत्री बनाउँछौँ, उनले भने, विधेककै कारण पत्रकारलाई आन्दोलनमा उतार्ने काम हुँदैन ु मिडियाले स्वीकार्ने गरी विधेयक आउँछ ।-न्युज कारखाना
Add Comment