मुख्य समाचार

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने मागमा आज सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज बिहीबार सुनुवाइ हुँदैछ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ हुँदैछ ।

अधिवक्ता डा।गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने दायित्व भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन् । संवैधानिक परिषद्को सदस्यसमेत रहेका प्रधानन्यायाधीशलाई परिषद्सँग जोडिएका मुद्दा नहेर्न कानुन व्यवसायीले माग गरेपछि बिदामा बस्ने बताएका थिए ।

तर, संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा बस्नैपर्ने गरी अधिकार दिएको छ । प्रधानन्यायाधीशले नै संवैधानिक इजलास तोकी नेतृत्व गर्नुपर्ने भएकाले इजलासमा बस्नैपर्ने रिट निवेदकले माग गरेका छन् ।

यसअघिका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्तिको सिफारिस गरेको थियो । त्यो नियुक्तिको सिफारिसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त बैठकमा सहभागी भएका प्रधानन्यायाधीश पनि सहभागी रहेको भन्दै रिट निवेदकहरुले प्रधानन्यायाधीश राणालाई त्यो मुद्दामा इजलासमा नबस्न माग गरेका थिए ।-न्युज कारखाना