‘बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ,’ उनले भने, ‘मुर्खहरुको जमातले राजनीतिमा कुशासन हुन्छ ।’ पेशासँगै राजनीतिलाई अगाडि बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टरहरुलाई शुभकामना ज्ञापन दिए । बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने यादवको विश्वास छ ।
बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारीलगायतलाई यादवले पार्टीमा स्वागत गरेका थिए ।
जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेलीदेवी दास, पार्टीका मधेश प्रदेश समिति सदस्य शेषनारायण यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जीतेन्द्र यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति थियो ।-वीरेन्द्र रमण/न्युज कारखाना