काठमा। अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको छ ।
एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो । चार दिने नेपाल भ्रमणका लागि एमसीसी उपाध्यक्ष फातिमा सुमारको प्रतिनिधिमण्डल काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू दबाबमा परेका छन् । उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् ।-न्युज कारखाना
Add Comment