मुख्य समाचार

कुनै पनि दलसँग पार्टी एकता गर्दैनौँ,  एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्   माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ । साथै  नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्   संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको