मनोरञ्जन

आईपीएल दोस्रो चरणको ३४ खेलमा मुम्बई इन्डियन्ससँग कोलकाता नाइट राइडर्सको आसान जीत

अबुधाबी । आईपीएल २०२१ को दोस्रो चरणको खेल मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सको सामना भएको थियो । कोलकाता नाइट राइडर्सले टस जितेर फिल्डिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरेको मुम्बईले निर्धारि २० ओभरमा ६ विकेट गुमाउदै १५५ मात्र रन बनाएको थियो । कोलकाता नाइट राइडर्सलाई १५६ रनको लक्ष्य १६ औं ओभरमा ३ विकेटको क्षतिमा सजीलै हासिल गरेको छ ।

योसँगै प्वाईन्टका हिसाबले मुम्बई इन्डियन्सले ९ खेलमा ४ जीत ५ हार व्यर्होदै ८ अंकमा पुगेको छ भने कोलकाता नाइट राइडर्स पनि ९ खेलमा ४ जीत र ५ हार सँगै मुम्बई इन्डियन्सको बराबरीमा छ । क्रमस दिल्ली ९ खेलमा ७ जीत २ हार सँगै १४ प्वाईन्टले एकनम्बरमा छ । चन्नई ८ खेलमा ६ जीत २ हार सँगै १२ प्वाईन्टले तेस्रो स्थानमा छ । बेंगलुर ८ खेलमा ५ जीत ३ हार सँगै १० प्वाईन्टले चौथो स्थानमा छ । राजस्थान ८ खेलमा ४ जीत ४ हार सँगै ८ प्वाईन्ट, पञ्जाब ९ खेलमा ३ जीत ६ हार सँगै ६ प्वाईन्ट र हैदराबाद ८ खेलमा ७ जीत १ हार सँगै २ प्वाईन्टले अन्तिम स्थानमा रहेको छ ।