काठमाडौं । चीनको विस्तारवादी अडिग नीतिको विरोधमा माईतिघर मण्डलामा प्रदर्शन भएको छ । चीनिया अतिक्रमण बन्द गर, मीचिएको नेपाली भूमी फिर्ता गर, पुरोनो सन्धि लागुगर भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका थिए । वास्तवमा नेपाली जनताले दाबी गरे अनुसार चीनले अवैध रुपमा हुम्ला जिल्लामा कब्जा गरेको छ । प्रदर्शनकारीले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएका छन् । लोकतान्त्रिक युवा मञ्च (एलवाईयू) को नेतृत्वमा काठमाडौंको महितीघर मण्डलामा भएको विरोध प्रदर्शनमा लगभग २०० जना भन्दा बढीको सहभागी रहेको थिए ।
एक रिपोर्ट अनुसार चीनले हुम्लामा १२-१५ भवनहरु बनाएका छन् । स्थानीयले कब्जा हटाउन र यस विषयमा छानबिनको माग गरेका छन् । चीनले त्यहाँका स्थानीय मानिसहरुलाई त्यहाँ जानबाट रोकेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो नेपाल सरकारले चिनियाँ कब्जा अस्वीकार गर्दै काठमाडौं र बेइजि बीच कुनै सीमा विवाद छैन समेत भनेका थियो ।
गत वर्ष स्थानीय गाउँ परिषद्का अध्यक्ष विष्णुबहादुर लामाले उक्त क्षेत्रको भ्रमण गरेपछि विवाद सुरु भएको थियो । लामाले चिनियाँ सेनाले बनाएका भवनहरु दुई सय किलामिटर नेपालको सीमा भीत्र बनाइएको बताएका थिए । त्यसपछि हुम्लाका प्रमुख्य जिल्ला अधिकारी (सीडीओ) दलबहादुर हमालले पनि यस विषयमा छानबिन गरेका थिए । अनुसन्धानले चिनियाँ कब्जा साँचो साबित गरेको थिए ।
पूर्व प्रधानमन्त्रीले यस घटनाको छानबिन गर्न १-सदस्यीय टोली पनि गठन गरेका थिए । टोलीमा रहेका स्थानीय नेताहरु र पत्रकारहरुले कब्जा गरिएको क्षेत्रको भ्रमण समेत गरेका थिए । भ्रमण ११ दिनसम्म चलेको थियो । टोलीले अवलोकनमा चीनले नेपाल भित्र भवन संरचनाहरु बनाएको, सीमाको स्तम्भ नम्बर ११ र १२ लाई पनि परिवर्तन गरिएको र यस कारणले गर्दा नेपाली जनताहरु आफ्नै क्षेत्रमा जान नसक्ने स्थिति सिर्जना भएको सहि ठहराएका थिए ।
हालै प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेका छन् । समितिले हुम्लाको नाम्खा नगरपालिकाको लिमी लाप्चादेखि हिल्सासम्म नेपाल चीन सीमा विवादको छानबिन गर्ने छ ।-एजन्सि
Add Comment