काठमाडौं । नेकपा एमालेको बिधान महाधिवेशनमा सवै समुहबाट बरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र दुई उपमहासचिवको ब्यवस्था हुनुपर्ने साझा सुझाव आएको छ । गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रवारदेखि जारी बिधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव बिष्णु पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलपछि सवै समुहले यस्तो सामुहिक निश्कर्षसहितको सुझाव राखेका हुन ।
एमालेको बिधान महाधिवेशनमा प्रतिवेदनमाथिको सुझाव दिने क्रम सकिएको छ । ऐतिहासिक प्रथम विधान महाधिवेशनको तेस्रो दिन आज पाँच वटा समूहमा भएको छलफलबाट निकालिएका निष्कर्ष समूहका नेताहरुबाट सुझावका रुपमा प्रस्तुत गरिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका थिए । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख रहेका उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावउपर सुझाव दिने क्रम सकिएको हो । विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल र सुझावका लागि दशवटा समूह बनाइएको थियो ।
दशवटै समूहले अआफ्ना सुझाव प्रस्तुत गरिसकेकाले त्यसक्रममा उठेका सुझाव र जिज्ञासामाथि अब पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव बिष्णुप्रसाद पौडेलले जवाफ दिने र अन्त्यमा समसामयिक प्रस्तावहरु परित गर्दै विधान महाधिवेशन आजै समापन हुने सचिव भट्टराईले बताए ।
Add Comment