समाचार

चिसापानीमा जनता समाजवादी पार्टी नेपाल विस्तारिदै

काठमाडौं । सड्ढगठन सुदृढीकरण तथा जन जागरण (सुज) अभियान अन्तर्गत धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न. ५ चिसापानीमा विभिन्न पार्टी परित्याग गरि पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छ्न । प्रवेश कार्यक्रममा उक्त वडाको गुण्डाही र सखुबनि टोलबाट पनि प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई सड्ढघिय परिषद सदस्य श्यामनारायण यादवले अबिर लगाएका थिए भने केन्द्रीय सदस्य दिपक कार्की (बाबा) ले माला लगाई सदस्यता प्रदान गरि जसपा पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रम स्थानिय जुझारु, जागरुक युवाद्वय सनम लामा र सुदिप माझिले सड्ढयुक्तरुपमा सड्ढयोजन गरेका थिए भने कार्यक्रमको अध्यक्षता जसपा धनुषा जिल्ला समन्वय समिति सदस्य अहेवः मनोजकुमार भट्टराई गरेका थिए ।

विशेष अतिथी सड्ढघिय परिषद सदस्य श्यामनारायण यादव, अतिथिहरुमा जिल्ला सदस्य राम चलितर यादव, स्थानिय अग्रज नेता केदार खड्का, धनुषा क्षेत्र न.१ कि उपाध्यक्ष कृष्णकुमारी लामा, गणेशमान चारनाथ नगर अध्यक्ष रामएकवाल शार्मा (बाली), गणेशमान चारनाथ नगर कार्यपालिका सदस्य तथा नगर प्रवक्ता रामनरेश राउत, जसपा ५ न. वडा अध्यक्ष बाबुराम थापा, ग.चा. न. पा.निर्वाचित वडा सदस्य मो.जोहर राईन, वडा न. १ का सचिव कमरुदिन राईन, स्थानीय नेता उपेन्द्र महतो, युवानेता राजु यादव रहेका थिए भने जसपा केन्द्रिय सदस्य दिपक कार्की (बाबा) को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएका थिए ।

उक्त कार्यक्रममा नव प्रवेशी मध्यकी दिलकुमारी भुजेलले हामीलाई ठुला पार्टीहरुले आश्वासन मात्र दिने, झुक्याउने, भोटबैंकको रुपमा मात्र प्रयोग गरेकोले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको बताईन । कार्यक्रममा सनम लामाले स्वागत मन्तव्य राखेका थिए भने अतिथिहरुले पनि मन्तव्य दिएका थिए साथै विषेश अतिथी श्यामनारायण यादवले मन्तव्यकै क्रममा जस्तो परिस्थिति आएपनि जनताको सुख, दुःखमा साथ रहने प्रतिवध्दता जाहेर गर्दै जसपामा जुट्न, जुटाउन अपिल गरे ।

प्रमुख अतिथी दिपक कार्की (बाबा) ले नव प्रवेशीहरुलाई स्वागत गर्दै वधाई तथा शुभकामना दिदै अन्य पार्टीहरू भन्दा जसपा नेपाल प्रगतिशील, अग्रगामी र वैकल्पिक पार्टी भएकाले सबैजना एकबध्द भै शक्ति निर्माण गरि देशको नेतृत्व गरे मात्र नेपाल समृध्द बन्ने बताए । देशको पटक पटक नेतृत्व गरेका पुराना पार्टीहरुले आफुले आफैलाई ठूलो पार्टी भनि स्वघोषणा गर्ने पार्टीहरुले सरकारी उधोग, कलकारखाना ध्वस्त पारी वेरोजगारी सिर्जना गरि देशका उर्वर युवाहरूलाई विदेशमा रोजगारिमा जान वाध्य पारी युवा पलायन बनाएको आरोप लगाए साथै युवाहरुलाई पलायन बनाएर देश समृध्द नहुने बताए । देशमै रोजगारी सिर्जना गरि युवा पलाएन रोक्न सरकारसङ्ग अपिल गरे ।

अन्तमा, उक्त कार्यक्रमको पहल र उदधोषण जसपा नेपालका संघिय परिषद सदस्य रितबहादुर श्रेष्ठ “कृष्ण“ ले गरेका थिए । कार्यक्रम २०७८ कार्तिक २२ गते भएका थिए । कार्यक्रमको अन्तमा उपस्तिथ सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षता गर्नुभएका धनुषा जिल्ला समन्वय समितिका सदस्य अहेवः मनोजकुमार भट्टराईले समापन गरेका थिए ।