समाचार

बिस्वकर्मा हत्या काण्डका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुंदैन :  पूर्व प्रधानमन्त्री भट्टराई

चितवन । जसपा नेपालका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष चितवन दुर्गाचोक भिम बिस्वकर्मा हत्या काण्डबारे शिल्पि विशेष प्रदेह अध्यक्ष दलमर्दन कामी र दलित मुक्ति संगठन उपमहासचिव प्रदिप घताल शान्तद्वार स्थलगत प्रतिवेदन पेश गर्दै पार्टिका तर्फबाट दोषि अपराधि उपर कडा कारवाहिको माग गर्न र शिल्पि दलित माथि हुने विभेद हत्या हिंशा बिरुद्ध खरो रुपमा उत्रन माग समेत गरेकाछ्न ।

उक्त प्रतिबेदन बुझ्दै डा. भट्टराईले आफु सदैव शिल्पि दलित तथा उत्पिडित समुदायको पक्षमा रहेको भन्दै मुद्धा केन्द्रित आन्दोलनको नेतृत्व गर्न निर्देश दिदै हरेक आन्दोलनमा आफु सकेसम्म भौतिक रुपमै सहभागी हुने प्रतिबद्धता जाहेर गरेको शिल्पि विशेष अध्यक्ष दलमर्दन कामिले जनाए । भट्टराईले उपस्थित नेताकार्यकर्तालाई कुसंस्कार र कुरितिका विरुद्ध सशक्त आन्दोलन गर्न र अन्याय विरुद्ध लड्न बनेको जसपाले कुनै पनि हालतमा अपराधीलाई उन्मुक्ति दिन नहुने भन्दै सिंगो पार्टी अन्याका विरुद्ध लाग्ने र खास गरि हिन्दुधर्ममा आधारित जातपात छुवाछूत बिभेदको अन्त्यका लागि धर्मशास्त्रमा भएका विभेद पुर्ण कुराको अन्त्य हुनुपर्ने त्यसका लागि सशक्त आन्दोलन उठाउनुपर्ने बताए ।

सो अबसरमा सिल्पि विशेष प्रदेश सह ईज्चार्ज कमला हेमचुरि, दलित मुक्ति संगठन बाट प्रदिप घताल शान्त, शिल्पि विशेष मुख्य सचिव डिबि नेपालि , सदस्यहरु रमेश बिस्वकर्मा, गोमा भुसाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।