काठमाडा । नेपाली कांग्रेस खुला मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा २५२२ मतसहित तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् ।
निर्वाचन समितिका अनुसार खसेको ४६६७ मत मध्य चौरसियाले उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका समानुपातिक सांसद चौधरीले २२०६ मत पाए भने तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत ले विजय भएका छन् ।
Add Comment