सेलिब्रेटीे पुनीत राजकुमारदेखि दिलीप कुमारसम्मलाई २०२१ मा गुमायो बलिउड चलचित्र जगतले

सेलिब्रेटीे पुनीत राजकुमारदेखि दिलीप कुमारसम्मलाई २०२१ मा गुमायो बलिउड चलचित्र जगतले

हामी सन् २०२१ लाई बिदाइ गर्दै नयाँ वर्ष २०२२ मा प्रवेश गर्न लागेका छौं । सन् २०२१ मा बलिउडका धेरै दिग्गज कलाकारहरूले यस संसारलाई अलविदा भनेका छन् । दिलीप कुमार देखि सिद्धार्थ शुक्लासम्मका धेरै कलाकारलाई फिल्म उद्योगले गुमाएको छ ।

दिलीप कुमार
बलिउडका दिग्गज अभिनेता दिलीप कुमारले यो वर्ष संसारलाई बिदा गरेका छन् । उनी लामो समयदेखि बिरामी थिए । ९८ वर्षीय दिलीप कुमारलाई ३० जुनमा हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनले ७ जुलाई २०२१ मा अन्तिम सास फेरे । दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।

अरविन्द त्रिवेदी
टेलिभिजनको चर्चित शो ‘रामायण’ मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका अभिनेता अरविन्द त्रिवेदीको हृदयघातका कारण असोज ५ गते राति निधन भएको हो । अरविन्द ८३ वर्षका थिए । अभिनयका अलावा अरविन्दले राजनीतिमा पनि हात हालेका छन् । १९९१ मा, अरविन्द त्रिवेदी भारतीय जनता पार्टीको सदस्यको रूपमा साबरकाथा निर्वाचन क्षेत्रबाट सांसदको रूपमा निर्वाचित भए र १९९६ सम्म यस पदमा रहे ।

पुनीत राजकुमार
कन्नड उद्योगका सुपरस्टार पुनीत राजकुमारको २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो । ४६ वर्षीय पुनीत राजकुमार अभिनेता राजकुमारका छोरा थिए । मायाले उनलाई फ्यानहरुले अप्पा भन्ने गर्थे । २९ भन्दा बढी कन्नड चलचित्र गर्ने पुनीत राजकुमारले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेका थिए । उनले उत्कृष्ट बाल कलाकारको अवार्ड पनि पाएका छन् ।

राजीव कपुर
राजीव कपूर फिल्म जगतका चर्चित अभिनेता, निर्देशक र निर्माता थिए । राजीव कपूरको ९ फेब्रुअरी २०२१ मा हृदयघातका कारण मृत्यु भयो । यसअघि उनका जेठा भाइ तथा चर्चित बलिउड कलाकार ऋषि कपूरको ३० अप्रिल २०२० मा निधन भएको थियो । राजीव कपूरले ‘राम तेरी गंगा मैली हो गई’ मा उत्कृष्ट अभिनय गरेका थिए ।

सिद्धार्थ शुक्ला
चर्चित अभिनेता सिद्धार्थ शुक्लाको २ सेप्टेम्बरमा अचानक हृदयघातका कारण निधन भएको थियो । रिपोर्टका अनुसार सिद्धार्थले आफ्नी रुमाली प्रेमिका शहनाज गिलको काखमा अन्तिम सास फेरेका थिए ।

सुरेखा सिकरी
टिभी सिरियल ‘बालिका वधू’ मा ‘दादी सा’ को भूमिकाबाट चर्चामा आएकी अभिनेत्री सुरेखा सिकरीको असार १६ गते हृदयघातका कारण निधन भएको थियो । ७५ वर्षीया सुरेखा सिकरीले धेरै टिभी सिरियल र फिल्ममा काम गरिसकेकी छिन् । सुरेखाले सन् १९७८ मा राजनीतिक नाटक फिल्म ‘किस्सा कुर्सी का’ बाट फिल्मी करियरको सुरुवात गरेकी थिइन् । यस फिल्मबाट सुरेखाले तीन पटक उत्कृष्ट सहअभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् ।

राज कौशल
अभिनेत्री मन्दिरा बेदीका पति राज कौशलको ३० जुन २०२१ मा बिहान ४.३० बजे हृदयघातका कारण निधन भएको थियो । राज कौशलको अन्तिम संस्कार उनकी पत्नी मन्दिरा बेदीले गरिन् । राज बलिउडका चर्चित निर्देशक थिए ।

अनुपम श्याम
टिभी सिरियल ‘प्रतिज्ञा’ मा ठाकुर सज्जन सिंहको भूमिका निर्वाह गरेका चर्चित अभिनेता अनुपम श्यामको अगस्ट ९ मा बहुअंग फेलका कारण निधन भएको थियो । टिभी सिरियलका अलावा अनुपम श्यामले ’स्लमडग मिलियनेयर’, ’ब्यान्डिट क्वीन’, ’दस्तक’, ’दिल से’, ’लगान’, ’गोलमाल’ र ’मुन्ना माइकल’ जस्ता धेरै बलिउड फिल्महरूमा पनि काम गरेका थिए ।

विक्रमजीत कंवरपाल
बलिउडका चर्चित अभिनेता विक्रमजीत कंवरपालको कोरोना भाइरसका कारण मे १ मा निधन भएको छ । विक्रमजीतका पिता द्वारकानाथ कंवरपाल भारतीय सेनामा अफिसर थिए । विक्रमजीत कंवरपालले सन् १९८६ मा द लरेन्स स्कूल, सनावरबाट आफ्नो पढाइ पूरा गरे र आफ्ना बुबा जस्तै १९८९ मा भारतीय सेनामा भर्ना भएका एि । जहाँ उनले करिब १३ वर्षसम्म देशको सेवा गरे । यसपछि विक्रमजीत फिल्मी दुनियाँतिर लागे । उनी बाल्यकालदेखि नै अभिनेता बन्न चाहन्थे । उनले सन् २००३ मा अभिनयमा डेब्यु गरेका थिए ।

ब्रह्मा मिश्र
अभिनेता ब्रह्मा मिश्रको ३२ वर्षको उमेरमा निधन भएको छ । छाती दुखेको गुनासो गरेपछि ब्रह्मालाई २९ नोभेम्बर २०२१ मा घर पठाइएको थियो, तर घरमै हृदयघात भयो र उनको मृत्यु भयो । पीडादायी कुरा यो थियो कि उनको शव तीन दिनसम्म मुम्बईस्थित उनको घरको बाथरूममा परेको थियो । ब्रह्माले सन् २०१३ मा फिल्म चोर चोर सुपर चोरबाट बलिउडमा डेब्यु गरेका थिए । ‘मिर्जापुर’ बाहेक ब्रह्माले ‘केसरी’, ‘हसीन दिलरुबा’, ‘मांझी’, ‘बद्रीनाथ की दुल्हनिया’मा पनि काम गरेका थिए ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply