स्पोर्ट-मनोरञ्जन

महाभारतका भीम प्रवीण कुमार सोब्तीको ७४ वर्षको उमेरमा निधन

दिल्ली, भारत । बीआर चोपडाको महाभारतका भीम प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । मिडिया रिपोर्टका अनुसार अभिनेता मेरुदण्डको समस्याबाट पीडित थिए। तर, मृत्युको मुख्य कारण भने खुल्न सकेको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलीट थिए ।

गत वर्ष एक मिडिया अन्तर्वार्तामा प्रवीण कुमारले म लामो समयदेखि घरमै बसेको बताएका थिए । स्वास्थ्य राम्रो नभएकाले डाक्टरले खानामा धेरै प्रकारको त्याग गर्नु पर्ने भनेको बताएका थिए । उनि मेरुदण्डको समस्याबाट समेत पिडित रहेका र उनकि श्रीमती वीणाले उनको हेरचाह गरिरहेकि बताएका थिए । उनकि एउटी छोरी छिन् जो विवाहित र अहिले मुम्बईमा बस्छिन् ।

प्रवीण अभिनयमा आउनुअघि ह्यामर र डिस्कस थ्रो खेलाडी थिए । उनले एसियाली खेलकुदमा २ स्वर्ण, १ रजत र १ कास्यसहित ४ पदक जितेका थिए । उनले दुई ओलम्पिकमा भारतको प्रतिनिधित्व समेत गरिसकेका थिए । खेलकुदमा राम्रो योगदान गरेको भन्दै उनलाई भारत सरकारले अर्जुन पुरस्कार प्रदान गरिएको थियो । यससँगै प्रवीणले सीमा सुरक्षा बल (बीएसएफ) मा डेपुटी कमाण्डेन्टको जागिर पनि पाएका थिए । खेलकुदमा सफल भएपछि उनले चलचित्रमा लाग्ने निर्णय गरे थिए । प्रवीणले सन् १९८१ मा आएको फिल्म रक्षाबाट डेब्यु गरेता पनि उनले महाभारतका भीमको भूमिकाबाट पहिचान बनाएका थिए । उनको अन्तिम फिल्म सन् १९९८ मा ‘ट्रेन टु पाकिस्तान’ थियो ।