स्पोर्ट-मनोरञ्जन

स्वर कोकिला लता दिदिको ९२ वर्षको उमेरमा निधन

मुम्बई, भारत । लता दिदिको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य प्रदेशको इन्दौरमा भएको थियो । उनका पिता पंडित दीनानाथ मंगेशकर थिएटर कलाकार र गायक थिए । लता दिदिलाई बाल्यकालदेखि नै गीत गाउने मन थियो र संगीतमा उनको रुचि पनि सुरुदेखि नै थियो । १३ वर्षको उमेरमा उनले १९४२ मा मराठी फिल्म ‘पहली मंगलागौर’ मा पहिलो पटक गीत गाइन् । उनको हिन्दी फिल्ममा प्रवेश सन् १९४७ मा फिल्म ‘आपकी सेवा’ मार्फत भएको थियो । ८० वर्षको गायन करियरमा उनले हालसम्म ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाइसकेका छन् । सन् २०१५ मा उनले अन्तिम पटक निखिल कामतको फिल्म ‘डन्नो वाई २’ मा गीत गाएकी थिइन्, त्यसबेलादेखि अहिलेसम्म उनी गायनबाट टाढा रहेकि थिइन् ।

लता दिदिले पहिलो पटक स्टेजमा गाउन २५ रुपैयाँ पाएकी थिइन् । उनी यसलाई आफ्नो पहिलो कमाई मान्थीन् । लताका भाइ हृदयनाथ मंगेशकर र बहिनीहरू उषा मंगेशकर, मीना मंगेशकर र आशा भोसले सबैले संगीतलाई आफ्नो करियरको रूपमा रोजेका थिए । लताले हृदयनाथ मंगेशकरसँग केही मराठी गीतहरू पनि गाएकी छिन्, जसमध्ये सबैभन्दा चर्चित गीत कामापुरतममा फिल्ममा गाएको आशा निशा पुरा काढी थियो ।

सङ्गीतकार गुलाम हैदरले १८ वर्षीया लतालाई सुनेपछि उनलाई त्यस युगका सफल फिल्म निर्माता शशधर मुखर्जीसँग परिचय गराएका थिए । शशधरले यो आवाज एकदमै पातलो छ, काम नलाग्ने बताएका थिए । त्यसपछि मास्टर गुलाम हैदरले लतालाई चलचित्र ‘मजबूर’ को ‘अंग्रेजी छोरा चला गया’ गीतमा गायक मुकेशसँग गाउने मौका दिएका थिए । यो उनको पहिलो ठूलो ब्रेक थियो, त्यसपछि उनलाई कामको कमी भएन । पछि शशधरले आफ्नो गल्ती स्वीकार गर्दै ‘अनारकली’, ‘जिद्दी’ जस्ता फिल्ममा लताका धेरै गीत गाए ।

लता दिदिले बिहे गरिनन् । यसको जवाफ उनले आफैंले एक अन्तर्वार्ता दिदै भनेका थिएन्, ‘घरका सबै सदस्यको जिम्मेवारी मेरो काँधमा परेको थियो । जसका कारण पटकपटक बिहेको आइडिया आए पनि कार्यान्वयन गर्न सकिनन् । मैले सानै उमेरमा काम गर्न थालें । मसँग धेरै काम थियो । सन् १९४२ मा तेह्र वर्षको उमेरमा टाउकोबाट बुबाको छाया हटेकोले परिवारको सबै जिम्मेवारी ममाथि परेको हुनाले मेरो मनबाट बिहे गर्ने सोच नै हट्यो ।

लता दिदिलाई यी अवार्डबाट सम्मानित गरिएको थियो

फिल्मफेयर पुरस्कार (१९५८, १९६२, १९६५, १९६९, १९९३/ १९९४
राष्ट्रिय पुरस्कार – (१९७२, १९७६ र १९९०

महाराष्ट्र सरकार पुरस्कार– (१९६६ र १९६७)

१९६९ – पद्म भूषण ।

१९८९ – दादासाहेब फाल्के पुरस्कार ।

१९९३ –फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड ।

१९९६ – स्क्रिन लाइफटाइम अचीभमेन्ट अवार्ड ।

१९९७ – राजीव गान्धी पुरस्कार ।

१९९९ – पद्म विभूषण, जी सिने का लाइफटाइम अचीभमेन्ट अवार्ड ।

२००० – आईआईएएफ (आईफा) को लाइफटाइम अचिभमेन्ट अवार्ड ।

२००१ – स्टारडस्ट लाइफटाइम अचीभमेन्ट अवार्ड, नूर जहाँ अवार्ड, महाराष्ट्र भूषण अवार्ड ।

२००१ – भारत रत्न ।