काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार राप्रपाबाट अलग भएको घोषणा गरेका छन् । थापाले मगलबार गृहनगर हटौडामा पत्रकार सम्मेलन गरेर पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक पार्टीभित्र बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनवाइ हुने नभएपछि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
पार्टीसँगको ३१ वर्ष लामो सम्बन्धको स्मरण गर्दै थापाले मंगलबारबाट पार्टीसंगको सम्बन्ध टुटेको र आधिकारिक रुपमा राप्रपाबाट अलग भएको घोषणा गरे । राप्रपामा रहँदा बिताएका क्षणहरू स्मरण गदै ती क्षणहरु प्रति सदैव गौरव गरिरहने बताए ।
नयाँ राजनीतिक गन्तव्यका लागि अग्रजसंग सल्लाह गरेर अगाडी बढ्ने बताउँदै थापाले नयाँ यात्रामा साथ र सहयोग गर्न सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई आग्रहसमेत गरे । केहि समय यात्रा कठिन र चुनौतीपूर्ण रहे पनि पार्टीभित्र निरीह, लाचार र अपमानित भएर बस्न नसकिने विश्लेषण गर्दै दुःखकष्ट गरेका साथीहरु तथा यस्तो परिस्थितिमा रहेको कार्यकर्ताहरुलाई चाडो गन्तव्यमा पुर्याउने आत्मविश्वास सहित नयाँ यात्रामा एकताबद्ध हुन अनुरोध गरेका छन् ।
त्यस्तै थापाले अबको यात्रामा विगतमा भए गरेका गल्ती कमिकमजोरीहरुलाई सुधार गर्दै नवीन विचारधारामा जान जो मन वचनले प्रतिबद्ध हुनुहुन्छ त्यस्ता साथीहरूलाई यात्रामा लामबद्ध हुन आग्रह गर्दै कसैलाई करकाप नगर्ने र अन्तर आत्मालाई सोधेर कार्यकर्ताहरुलाई निर्णय लिन अनुरोध गरे । स्थानीय तहको चुनाव नजिक आइसकेकाले अब सोच्ने समय धेरै नभएको भन्दै थापाले सोचेर चाडो निर्णय दिन समेत अनुरोध गरे ।
पूर्व राजसंस्थामाथि नै आरोप
पञ्च्यात कालदेखि राजसंस्थाकै नाममा राजनीतिलाइर् केन्द्रविन्दु बनाउँदै आएका थापाले हाल आएर सोही संस्थामाथि गम्भीर आरोप लगाउँन थालेका छन् । गत मंसिर १५–१८ काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै लिङ्देन पार्टी अध्यक्षमा विजयी भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आएका छन् । थापाले पार्टी केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि तत्कालीन राजा ज्ञानेन्द्रले आफूमाथि अन्याय गरेको आरोप लगाउँदै आएका छन् ।
एकता महाधिवेशनमा पूर्वराज शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएको भन्दै असन्तुष्ट रहँदै आएका थापाले आफूले राखेका मागमा छानबिन नभएमा विकल्प खोज्ने चेतावनी दिएका थिए । थापाले उक्त विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुई पटक अध्यक्षलाई पत्र लेखेका तथा पहिलो पटक २७ मंसिर र दोस्रो पटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखेर औपचारिक आग्रह गरेका थिए ।
निर्वमान अध्यक्ष थापाले एकता महाधिवेशनका क्रममा निर्मल निवासले आफुलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै महाराज धिराजको चाहना यस पटक थापालाई हराउने छ भन्दै निर्मल निवासका सचिवले पार्टीका शीर्ष नेताहरुलाई र नेताहरुले जिल्ला तहसम्मका नेताहरूलाई प्रचार– प्रसार गर्दै विभिन्न लोभ लालच देखाउने काम भएको आरोप लगाए ।
यसरी निर्मल निवासले नियोजित ढंगबाट आफुलाई पराजित गर्न महाधिवेशनमा ४ सय भन्दा बढी मत बदर गराएको थापाको आरोप छ । निर्मल निवासलाई आफूले चुनावभन्दा माथि उठेको संस्थाका रूपमा चित्रण गर्दै आएकोमा हाल त्यो सोच परिवर्तन भएको थापाको तर्क रहेको छ ।
निर्मल निवासको पार्टीमा हस्तक्षेप साधारण कुरा नभएको र निर्मल निवास केवल एक नागरिकको बसोबास गर्ने घर नभएकाले उक्त कार्य गर्न नमिल्ने बताए । महाधिवेशनमा निर्मल निवास सक्रिय भएर हस्तक्षेप हुनु असाधारण भएको भन्दै आफुले परिकल्पना गरेको राजा त्यस्तो नभएको बताए ।
यदि भोलि राजसंस्था पुर्नस्थापना भयो भने कुनै पार्टीमाथि हस्तक्षेप हुँदैन भनेर कसरी विश्वास गर्ने ? प्रश्न गर्दै कसरी राजतन्त्र पुनर्स्थापनाको मुद्दा लिएर चुनावमा होमिने थापाले भने । महाधिवेशनमा व्यक्तिगतरुपमा हराउन मात्रै नभई सिंगो राप्रपालाई कमजोर बनाई पार्टीलाई जनमण्डलीका रुपमा परिणत गराउन खोजिएको आरोप लगाए ।
निर्मल निवासले राप्रपा निवासको रिमोट कन्ट्रोलबाट चलोस भन्ने चाहना राखेको बताए । पार्टीको ३१ वर्ष इतिहासमा आन्तरिक मामिलामा राजा वीरेन्द्र र ज्ञानेन्द्रबाट हस्तक्षेप नभएको स्मरण गर्दै ०७३ सालबाट निर्मल निवासले पटक–पटक हस्तक्षेपकारी भूमिका खेलेको बताए । त्यस्तै थापाले २०७३ सालमा पार्टी एकीकरण गर्दा ६ महिनामै पार्टी फुट्याइएको आरोप लगाउँदै पार्टीलाई राजनीति भन्दा राजसंस्था पुर्नस्थापना गर्ने भजन मण्डली समिति बनाउन खोजिएको दाबी गरे ।
राजनीतिमा झुटकाे खेती २०७६ फागुन २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमबीच थापा अध्यक्ष रहेको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता घोषणा सभामा बोल्दै तत्कालीन अध्यक्ष थापाले राप्रपा कहिल्यै नफुट्ने दावी गरेका थिए ।
थापाले हिन्दूधर्मालम्बीहरुको पवित्रतम ग्रन्थ ‘गीता’ हातमा लिएर पार्टी नफुटाउने कसमसमेत खाएका थिए । आफु नेतृत्वमा रहँदासम्म कहिल्यै पनि पार्टी फुटाउने छैन भन्दै पार्टी कार्यकर्ताहरुलाई विश्वास दिलाउन पवित्र ‘गीता’ हातमा राखेर राप्रपा फुट्दैन भन्दै कसम खाएका थिए । तर, थापाको उक्त कसम दुई वर्ष पनि टिक्न सकेन ।
राजसंस्थाकै नाममा पटक–पटक मन्त्रीसधै आफुलाई राजनीतिको केन्द्रविन्दुमा राखेर जुन सरकारको नेतृत्वमा पनि मन्त्री पद पाउन सफल हुँदै आएका थापा जब आम निर्वाचनमा हेटौडाबाट पराजित भए तब सरकारमा सहभागी हुनबाट बञ्चित भए त्यहीबेला देखि राजनैतिक असन्तुष्टि देखाउँदै आएका थिए ।
मन्त्री बन्नका लागि मरिहत्ते गर्ने थापा आफ्नो स्वार्थ पुर्ति गर्न पार्टीको सिद्धान्त र विचार मिल्ने, नमिल्ने सबै राजनीतिक दलको सरकारमा सहभागी रहेका छन् । थापाको यस्तो प्रवृत्तिलाई मकवानपुरका स्थानीय मतदातालेसमेत मन पराएनन् ।
सधै राजसंस्थाको वकालत गर्दै राजसंस्थाको नाममा मन्त्रीपद हत्याउन सफल भएका थापा त्यतिवेला ज्ञानेन्द्र शाहसंग निकै नजिक भएका थिए । पार्टीको एकता महाधिवेशबाट अध्यक्ष पद गुमेको र सरकारमा जान पनि नपाएपछि निकै तनावमा रहेका थिए । महाधिवेशनबाट पुस्तान्तरणमा प्रवेश गरेको राप्रपाको राजनीतिक विरासत खुम्चिए र आफ्नो हातबाट फुत्केपछि थापाको हिमचिम नेकपा एमालेका अध्यक्ष केपी ओलीसंग बढ्दै गएको देखिन्छ ।
यसरी ओलीसंगको दिनदिनै बढ्दै गरेको हिमचिमले थापा कतै एमाले तिर लम्केका त होइनन् भन्ने राजनैतिक बृतमा चर्चा चलेको छ । त्यस्तै दोस्रो जनआन्दोलनका बेला तत्कालीन ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बन्न सफल थापाले जन–आन्दोलन दवाउन ठाउँठाउँमा गोली हान्नसमेत आदेश दिएका थिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री, लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत २०५३ देखि २१ असोज २०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री, सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज २०५४ देखि २७ असोज २०५४ सम्म परराष्ट्र र कृषि मन्त्री,
सूर्यबहादुर थापा नेतृत्व सरकारमा १८ मंसिर २०५४ देखि २ वैशाख २०५५ सम्म परराष्ट्र मन्त्री, २८ जेठ २०६० देखि २८ जेठ २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री, तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर २०६२ देखि १९ माघ २०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री, शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री र उर्जा मन्त्री । नया विकल्प
Add Comment