काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गरेको हो । प्रस्तावमाथि आउँदो चैत २ गतेदेखि संसदमा छलफल सुरु हुनेछ ।
महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले कात्तिकदेखि माघसम्म प्रधानन्यायाधीशकै कारण सर्वोच्च अदालत ठप्पजस्तै भएको, भ्रष्टाचार बढेको गुनासो आएको र पटक-पटक सर्वोच्च अदालतको न्याय सम्पादनमा शुद्धीकरणको आवाज उठे पनि त्यसो हुन नसकेको उल्लेख सहित जबराले क्षेत्राधिकार र नैतिकता बिर्सेर कार्यपालिकामा समेत भाग खोजेको आरोप पनि प्रस्तावमा उल्लेख छ ।
Add Comment