स्पोर्ट-मनोरञ्जन

श्रीलंका २३८ रनले पराजित, भारतले घरेलु मैदानमा लगातार १५ औं शृङ्खला जित्यो

बेंगलुरु । भारत श्रीलंकाको दुई टेस्ट म्याच शृङ्खलाको मा दोस्रो तथा अन्तिम टेस्टमा पनि भारतले श्रीलंकालाई हराएको छ । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टीम इन्डिया २३८ रनले विजयी भएको हो । यससँगै भारतले टी-२० पछि श्रीलंकाविरुद्धको टेस्टमा पनि क्लिन स्वीप गरेको छ ।

भारतले श्रीलंकालाई जितका लागि ४४७ रनको लक्ष्य दिएको थियो । पहिलो इनिङ्समा १०९ रनमा सिमित भएको श्रीलंकाको टोली दोस्रो इनिङ्समा २०८ रन मात्र बनाउन सक्यो । घरेलु मैदानमा भारतले जितेको यो लगातार १५औँ शृङ्खला हो । पछिल्लो पटक भारतले घरेलु मैदानमा सन् २०१२ को डिसेम्बरमा इङ्ल्यान्डविरुद्ध सिरिज हारेका थियो । त्यसपछि टीम इन्डियाको कमान एमएस धोनीको हातमा थियो ।