समाचार

चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेट

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा भेटवार्ता गरेका छन् । वाङले दुई पूर्वप्रधानमन्त्रीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरेको बताइएको छ । राष्ट्रपति भण्डारीसँगको वार्तामा वाङले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा छलफल गरेको छ ।

भेटका क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा सहयोगका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयकाले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार ‘ परराष्ट्रमन्त्री वाङ यी र राष्ट्रपति बिच शिष्टाचार भेट भएको हो । शिष्टाचार भेटको क्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले राष्ट्रपतिलाई नेपाल र चीनबीच भएका सम्झौताबारे अवगत गराएका थिए । वाङलाई काठमाडौंले नेपाल–चीन सम्बन्धलाई निकै महत्व दिएको र राष्ट्रपतिले नेपाललाई सहयोग गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरेको ढकालले बताए ।

त्यस्तै वाङसँगको भेटमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शार्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्बन्धी रेलमार्ग, सिँचाइ, शिक्षा, स्वास्थ्यलगायतका आयोजनालाई तीव्रता दिन चीन सरकारलाई आग्रह गरेका थिए । वाङले यसमा सकारात्मक प्रतिक्रिया दिँदै नेपालको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताउदै बीआरआईसँग सम्बन्धित आयोजनालाई अगाडि बढाउन सहयोग गर्ने आश्वासन उनले दिएका छन् । वाङसँगको भेटमा पुष्प कमल दाहालले बीआरआई अन्तर्गत सहमति भइसकेका भौतिक पूर्वाधार सम्बन्धी आयोजनालाई तीव्रता दिन चीनलाई आग्रह गरेका थिए ।