समाचार

निर्वाचनमा एकतावद्ध भएर बढ्ने छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सत्तारुढ गठबन्धन साना तिना समस्याहरुलाई पार गर्दै थप मजबुद र निर्वाचनमा एकतावद्ध भएर बढ्ने बताएका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलहरुको सहयोगमा नेपाली काँग्रेसले देशको शासन व्यवस्था पाएको बताउँदै प्रधानमन्त्री देउवाले ती दहहरुकै कारण आफु प्रधानमन्त्री भएकाले आगामी निर्वाचनमा उनीहरुलाई पनि स्थान दिनुपर्ने बताए ।

गठबन्धनका बीचमा जस्तोसुकै अप्ठ्याराहरु आए आफुहरु ती समास्याहरुलाई पार गर्दै गठबन्धनको उद्देश्यमा जसरी पनि पुग्ने धारणा राखे । उनले भने, ‘‘गठबन्धनलाई सँगै लिएर जाने नेपाली काँग्रेसले निणर्य गरेको छ । यसलाई थप मजबुद बनाई फुट होइन् अझ एकतावद्ध भएर गठबन्धनलाई अगायि बढाउँछौं । हामीबीच सानोतिनो अप्ठ्यारा आए, त्यसलाई पनि फुकाउने हामीले नै हो, राजनीतिक नेताहरुले नै हो, हामी यसबाट कदापी भाग्ने छैनौं ।’ आगामी बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन सरकार गम्भीर भएर लागेको बताउँदै मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए । गठबन्धन आवश्यकत्ताले जन्मिएले आगामी तीनै तहको निर्वाचनसम्म सत्ता गठबन्धन कायममै रहने स्पष्ट पारे । दाहालले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिलेपनि महत्वपूणर् भूमिका खेलेको दाबीसमेत गरे ।

त्यसैगरी कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गर्दै मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेकाले संविधानको रक्षा र कार्यान्वयनको लागि सबैले दल, पत्रकार र सम्पूणर् नेपाली जनताले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने धारणा राखे ।