समाचार

भारत–नेपाल रेल सेवा सुरु : प्रधानमन्त्री मोदी–देउवाले दिए हरियो संकेत

काठमाण्डौ/नया दिल्ली । आठ वर्षपछि आजदेखि नेपाल–भारत रेल सेवा सुरु भएको छ । साथै आजको मिति दुवै देशको इतिहासको पानामा सुनौलो अक्षरले लेखिएको छ । दिउँसो १२ः३० बजे जयनगरबाट छुटेको रेल दिउँसो २ः३० बजे जनकपुर पुगेको थियो ।

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दिउँसो १२ः३० बजे दिल्लीको हैदरावाद हाउसबाट रेललाई हरियो झण्डा दिएका थिए । यसअघि दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता पनि भएको थियो । तर, यात्रुका लागि भने रेल सेवा भोलि अर्थात् चैत्र २० अर्थात अप्रेल ३ गतेदेखि सुरु हुनेछ ।

जयनगरदेखि इनरबा ४ किमी, एनबादेखि खजुली ४.६ किमी, खजुलीदेखि महिनाथपुर (हल्ट) ६.९ किमी, महिनाथपुरदेखि वेदही ४.४ किमी, वेदहीदेखि परेहा (हल्ट) ३.०७ किमी, पेहेरादेखि जनकपुर (हल्ट) ७.९ किलोमिटर (हल्ट) र जनकपुरसम्म ७.९ किमी छ ।

सन् २०१४ देखि जयनगर–जनकपुर रेल सञ्चालन बन्द भएको थियो । सन् २०१४ सम्म नेपाली न्यारोगेज रेल चलेको थियो तर रेलको लामो यात्राका कारण कोइलाको खपत बढी थियो । कोइलाबाट चल्ने रेल धेरै सानो थियो । जसका कारण मानिसहरु झ्याल र ढोकामा झुण्डीएर यात्रा गर्ने गर्दथे, यस्ता कैयौं कारणले रेल सञ्चालन ठप्प भएको थियो ।

नेपाल–भारतबीचको यो रेलमार्ग निर्माणमा करिब ८०० करोड रुपैयाँ खर्च भएको छ । जहाँ जयनगरदेखि बिजलपुरा र बर्दिबाससम्मको ६९.०८ किलोमिटर आयोजना अन्तर्गत पहिलो चरणमा जयनगरदेखि जनकपुरधाम–कुर्था रेल खण्डमा करिब ३४.९ किलोमिटर लामो रेल सञ्चालन सुरु भएको थियो । कुर्थादेखि बिजलपुरासम्मको १८ किलोमिटर लामो रेल खण्डको काम पनि सकिएको छ । नेपाल सरकारले छिट्टै बिजलपुरादेखि बर्दिवाससम्म १६ किलोमिटर रेलमार्ग बनाउने भएको छ ।

अब भारतबाट नेपाल आउन मात्रै १२.५० रुपैयाँ लाग्ने भएको छ । जयनगरदेखि इनर्वाको भाडा रु १२.५०, खजुरीको लागि रु १५.६०, महिनाथपुरको रु २१.८७, वैदेहीको लागि रु २८.२५, पहेखाको लागि रु ३४, जनकपुरको लागि रु ४३.७५ र कुर्थाको लागि रु ५६.२५ लिइनेछ ।