समाचार

निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूले जनाए प्रतिबद्धता

काठमाडौं । विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो ।
त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका थिए ।

आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरुले आपत्ती जनाएका थिए । पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त बिषय नियमित प्रक्रियामात्र भएको बताएपछि साना दलहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।