समाचार

निर्वाचन निर्धारित समयमै हुन्छ, सर्ने कुरा हाउगुजी मात्रै होः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका हुन् ।
नेपालका सञ्चारमाध्यममा अप्रत्यासित रुपमा स्थानीय तह निर्वाचन सर्ने हल्ला केबल अनुमानका भरुमा आएको बताउँदै दहालले सरकारले दुत्र गतिमा निर्वाचनको काम गरिरहेको र निर्वाचन आयोगले समेत निर्वाचनको अन्तिम तयारी गरिसकेकाले अनाआवश्यक हल्लाको पछि नलाग्न अुनरोध गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दहालले आम मतदातालाई निर्वाचन वैशाख ३० गते नै हुने र त्यसको तयारीमा आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैसँग अपिलसमेत गरे ।