काठमाडौँ । वामदेव गौतमद्वारा गठन राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान)मा सांसद तुल्सा थापा केन्द्रीय सदस्य रहेकी छिन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।
गौतम पत्नी थापा एमालेको समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् । लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत हुन् ।
गौतमले मंगलबार नयाँ दल घोषणा गरेको सो दलमा राजनीतिक दलसम्बन्धी ऐन २०७२ अनुसार थापा अर्को पार्टीको केन्द्रीय सदस्य बनेसँगै एमाले त्याग गरेको ठहरिने छ । राजनीतिक दलसम्बन्धी दफा ३२ अनुसार थापा पदमुक्त हुनेछिन् । दफा ३२ को (ग)’निज आफैले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा’ दल त्याग गरेको मानिने भनिएको छ ।
Add Comment