मुख्य समाचार

नेपाली काँग्रेसका सभापति देउवाद्वारा मंगलबार पदाधिकारी बैठक आह्वान

काठमाडौं । नेपाली काँग्रेसका सभापति देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका छन् । असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुनेछ । शेखर समूह पनि उक्त कुरा लिएर पदाधिकारी बैठकमा जाने तयारीमा छ । कोइराला पक्षीय सहमहामन्त्री जीवन परियारले आफूले उठाएका मुद्दा पदाधिकारी बैठकमा पनि उठाउने बताए ।