मुख्य समाचार

नेकपा एमालेको सचिवालय बैठक सुरू

काठमाडा । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेपछि सचिवालय बैठक बसेको हो ।
आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल भएको छ । वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।