अन्तराष्ट्रिय स्वास्थ्य

डब्लुएचओलेद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाः अमेरिकामा पहिलो पटक बालबालिकामा संक्रमण भेटियो: भारतसहित ८० देशमा १६ हजार ८८६ बिरामी

क्यालिफोर्निया । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । बैठकमा लामो छलफलपछि डब्ल्यूएचओले यो निर्णय गरेको हो । मंकीपक्स हालसम्म ८० देशमा फैलिसकेको छ । भारतमा हालसम्म यो भाइरसका ३ जनामा संक्रमण देखिएको छ ।

अर्कोतर्फ अमेरिकामा पहिलो पटक दुई बालबालिकामा यो संक्रमण भेटिएको छ । स्वास्थ्य एजेन्सी सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एक बच्चा क्यालिफोर्नियाका हुन्, जबकि अर्को बच्चा नवजात हुन र अमेरिकाको निवासी होइन । दुवै बालबालिकाको अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उपचारका लागि उनलाई एन्टिभाइरल औषधि टेकोभिरिमेट दिइएको छ । सीडीसीका अनुसार यो औषधि ८ वर्षभन्दा मुनिका बालबालिकालाई दिनुपर्छ किनभने उनीहरू गम्भीर संक्रमणको जोखिममा हुन्छन् ।

यस वर्षको प्रकोपमा, मंकीपक्सको पहिलो केस बेलायतमा मईको ६ मा भेटिएको थियो । यसका अधिकांश बिरामी पुरुषसँग यौनसम्पर्क गर्ने युवा पुरुष हुन् । तर, यो रोग कसैलाई पनि लाग्न सक्छ । रोगीसँग छालामा सम्पर्क गर्दा वा उसलाई खाना खुवाउँदा पनि संक्रमण सर्छ । यसबाहेक संक्रमित व्यक्तिको लुगा, भाँडाकुँडा र ओछ्यानमा छोएर पनि मंकीपक्स सर्न सक्छ ।

सीएनएनको रिपोर्टका अनुसार अमेरिकी सरकारले हालसम्म ३ लाखभन्दा बढी मंकीपक्सको खोप मानिसहरूसम्म पु¥याइसकेको छ । यसको मतलब छिट्टै केही हप्ताभित्र हजारौं नागरिकहरूलाई खोप लगाइने अनुमान गरिएकोछ । सीडीसीका अनुसार अमेरिकामा १५ लाख मानिस खोपका लागि एलिजिबल छन् । सबैलाई Jynneos खोपको दुई डोज दिइनेछ ।

Monkeypoxmeter.com को तथ्यांक अनुसार भारत लगायत ८० देशमा १६ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये युरोपमा सबैभन्दा बढी ११ हजार ९ सय ८५ जना मंकीपक्सबाट प्रभावित भएका छन् । यो रोगबाट प्रभावित शीर्ष १० देशहरूमा बेलायत, स्पेन, अमेरिका, जर्मनी, फ्रान्स, पोर्चुगल, क्यानडा, नेदरल्यान्ड्स, इटाली र बेल्जियम पर्छन् । यो वर्ष मंकीपक्सले तीन जनाको ज्यान लिइसकेको छ ।