मनोरञ्जन

तेस्रो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाइ हराउदै ११९ रनले विजयी

स्पेन आफ स्पेन । तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षदेखि वेस्ट इन्डिजमा एकदिवसीय शृंखला खेल्दै आएको र पहिलो पटक आफ्नो घरमा क्यारेबियन टोलीलाई क्लिन स्वीप गर्न सफल भएको छ । तेस्रो एकदिवसीय खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । शुभमन गिल ९८ रनमा अविजित रहे ।

कप्तान शिखर धवनले ५८ र श्रेयस अय्यरले ४४ रन बनाए । त्यसपछि ठूलो पानी पर्न थाल्यो र भारतीय इनिङ्स त्यहीँ समाप्त भयो । त्यसपछि डकवर्थ लुइस नियम अनुसार वेस्ट इन्डिजले ३५ ओभरमा २५७ रनको लक्ष्य पाए पनि क्यारेबियन टोली २६ ओभरमा १३७ रनमा सिमित भयो । ब्रान्डन किङ र निकोलस पूरनले ४२–४२ रन बनाएका थिए । लेग स्पिनर युजभेन्द्र चहलले ४ विकेट लिए । मोहम्मद सिराज र शार्दुल ठाकुरले २–२ विकेट लिए । अक्षर पटेल र फेमस कृष्णाले १–१ विकेट लिए ।