मनोरञ्जन

पहिलो टी–२० मा भारतसँग वेस्ट इन्डिज ६८ रनले पराजित, १९ बलमा ४१ रन बनाएका कार्तिक म्यान अफ द म्याच

वेस्ट इन्डिज । भारतले वेस्ट इन्डिज विरुद्धको पहिलो टी–२० खेल ६८ रनले जितेको छ । १९१ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजको टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १२२ रन मात्रै बनाउन सकेको थियो । यो जितसँगै भारतीय टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ । वेस्ट इन्डिजका लागि शामर ब्रुक्सले सर्वाधिक २० रन बनाए । भारतका लागि सबै बलरले उत्कृष्ट बलिङ गरे । अर्शदीप सिंह, अश्विन र रवि बिश्नोईले २–२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

१९ बलमा ४१ रनको धमाकेदार इनिङ्स खेलेका दिनेश कार्तिक खेलको प्लेयर अफ दि म्याच घोषित भए । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक रन बनाए । उनले ६४ रनको पारी खेले । यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको २७ औं अर्धशतक हो ।

हेड टु हेड रेकर्ड हेर्नेहो भने दुई टोलीबीच हालसम्म २१ वटा टी–२० खेल भएका छन् । भारतले १४ खेल जितेको छ । योसँगै वेस्ट इन्डिजले ६ खेल जितेको छ । एक खेलमा नतिजा आएको छैन ।