मनोरञ्जन

भारतीय महिल क्रिकेट टालिले पाकिस्तानलाई ८ विकेटले हरायो

बर्मिङ्घाम । राष्ट्रमण्डल खेलकुदअन्तर्गत महिला टी–२० क्रिकेटमा भारतले आइतबार पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा ९९ रन मात्रै बनाउन सकेको थियो । भारतका लागि स्नेह राणा र राधा यादवले सर्वाधिक २–२ विकेट लिए । योसँगै पाक टोलीका ३ ब्याट्सम्यान रनआउट भए । जवाफमा भारतीय टोलीले ११.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । स्मृती मन्धानाले धमाकेदार ब्याटिङ गर्दै ४२ बलमा ६३ रन बनाइन् । उनको ब्याटले ८ चौका र ३ छक्का प्रहार गरेको थियो । जेमिमा रोड्रिग्वेजले अविजित दुई रन बनाइन् ।

शेफाली वर्माले नौ बलमा १६ र एस मेघनाले १६ बलमा १४ रन बनाएकी थिइन् । पाकिस्तानका लागि तुबा हसन र ओमाइमा सोहेलले एक–एक विकेट लिए । भारतको अर्को खेल अब ३ अगस्टमा बार्बाडोससँग हुनेछ ।

इनिङ्सको दोस्रो ओभरमा पाकिस्तानलाई पहिलो झटका लागेको थियो र इराम जावेद खाता नखोली नै प्याभिलियन फर्किइन् । उनलाई मेघना सिंहले आउट गरिन् । त्यसपछि ९औं ओभरमा स्नेह रानाले पाकिस्तानलाई २ प्रहार दिए । पहिले उनले कप्तान बिस्माह मारुफलाई १७ रनमा आउट गरेका थिए । त्यसपछि पूर्ण रूपमा सेट अप भएकी मुनिबा राणा ३२ रन बनाएर उनको शिकार बनिन् ।

भारतीय महिला क्रिकेट टोलीले २०२२ को राष्ट्रमण्डल खेलकुदमा हारसँगै सुरुआत गरेको थियो । प्रतियोगिताको पहिलो खेलमा भारतीय टोली अष्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो । पाकिस्तानविरुद्धको पछिल्लो ४ टी–२० खेलमा भारतीय टोली अजेय रहेको छ ।

दुवै टोलीको प्लेइङ–११
भारतः स्मृति मन्धाना, शेफाली वर्मा, यास्तिका भाटिया, हरमनप्रीत कौर (कप्तान), जेमिमा रोड्रिग्ज, एस. मेघना, दीप्ती शर्मा, राधा यादव, स्नेह राणा, मेघना सिंह र रेणुका सिंह ठाकुर ।
पाकिस्तानः इरम जावेद, मुनिबा अली, ओमानिया सोहेल, बिस्माह महरुफ (कप्तान), आलिया रियाज, आयशा नसीम, कैनत इम्तियाज, फातिमा साना, तुबा हसन, डायना बेग र अनम अमीन ।