स्पोर्ट-मनोरञ्जन

अष्ट्रेलिया र दक्षिण अफ्रिका भारत भ्रमणको तालिका बीसीसीआईद्वारा सार्वजनिक 

दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले बुधबार, ३ अगस्ट २०२२ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । भारतको अन्तर्राष्ट्रिय घरेलु सिजन सेप्टेम्बर २०२२/२३ मा अस्ट्रेलिया विरुद्धको तीन खेलको टी–२० शृंखलाबाट सुरु हुनेछ । यसपछि दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० सिरिज र सोही संख्यामा एकदिवसीय शृंखला समेत हुनेछ ।

भारतको मोहालीले अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्दैछ । नागपुर र हैदरावादमा क्रमशः दोस्रो र तेस्रो टी–२० खेलिने छन् । दक्षिण अफ्रिकाविरुद्धको घरेलु शृंखला तिरुवनन्तपुरममा हुने टी–२० खेलबाट सुरु हुनेछ ।

यस टी–२० शृंखलाको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल अक्टोबर २, २०२२ मा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा गुवाहाटीमा खेलिनेछ । यसपछि अन्तिम टी–२० खेल इन्दौरमा हुनेछ । यसपछि एकदिवसीय सिरिज सुरु हुनेछ । दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल ६ अक्टोबरमा लखनउमा हुनेछ । राँची र दिल्लीमा क्रमशः दोस्रो र तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिने छन् ।

टी–२० विश्वकप २०२२ पाँच दिनपछि सुरु हुँदैछ
भारत र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला पूरा भएको ५ दिनपछि अक्टोबर १६ बाट टी–२० विश्वकप २०२२ सुरु हुँदैछ । टी–२० विश्वकप अक्टोबर १६ देखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने छ । समूह चरणका खेल १६ देखि २१ अक्टोबरसम्म हुनेछन् । यसपछि अक्टोबर २२ देखि सुपर १२ का खेलहरू हुनेछन् । समूह चरणमा श्रीलंका, नामिबिया, युनाइटेड अरब इमिरेट्स, नेदरल्याण्ड्स, वेस्ट इन्डिज, स्कटल्याण्ड, जिम्बाब्वे र आयरल्याण्डका टोली सहभागी हुनेछन् ।