मनोरञ्जन

टीम इन्डियाले सिरिज ४–१ ले जित्योः भारतद्वारा वेस्ट इन्डिज ५औं टी–२० मा ८८ रनले पराजित

दिल्ली । पाँचौं टी–२० खेलमा भारतले वेस्ट इन्डिजलाई एकतर्फी रुपमा ८८ रनले पराजित गरेको छ । योसँगै भारतले पाँच खेलको सिरिज ४–१ ले जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । ओपनिङमा आएका श्रेयस अय्यरले सर्वाधिक ६४ रनको इनिङ खेले । दिपक हुड्डाले ३८ र कप्तान हार्दिक पाण्ड्याले २८ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजको टोली १५.४ ओभरमा १०० रनमा अलआउट भयो । शिमरोन हेटमायरले ५६ रन बनाए । भारतका लागि रवि बिश्नोईले सर्वाधिक ४ विकेट लिए । अक्षर पटेल र कुलदीप यादवले तीन–तीन विकेट लिए ।