मुख्य समाचार

प्रधानमन्त्री निवासमा बाबुराम भट्टराई र प्रधानमन्त्री देउवाको भेंटघाट

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधान मन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ ।