समाचार

नेपाली कांग्रेसद्वारा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय भएको छ ।
निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि भने पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।