मनोरञ्जन

टिम इन्डियाले जिम्बाब्वेलाई १० विकेटले हरायोः धवन र शुभमन गिलको शानदार अर्धशतक

नई दिल्ली । तीन खेलको शृङ्खलाको पहिलो खेलमा टिम इन्डियाले जिम्बावेलाई एकतर्फी खेलमा १० विकेटले पराजित गरेको छ । बलरको उत्कृष्ट प्रदर्शनका कारण भारतले जिम्बाब्वेलाई ४०.३ ओभरमा १८९ रनमा अलआउट गर्यो । दीपक चाहर, प्रशान्त कृष्ण र अक्षर पटेलले समान ३–३ विकेट लिए । यसपछि ओपनर शिखर धवन (८१) र शुभमन गिल (८२) को अर्धशतकको आधारमा लक्ष्य ३०.५ ओभरमा बिना विकेट गुमाएर पुरा गरेको थियो । दुई टोलीबीचको दोस्रो खेल अब अगस्ट २० मा हुनेछ ।