मुख्य समाचार

हिन्दुराष्ट्र पुर्नस्थापना गर्न राप्रपाद्वारा रकम संकलन सुरु

काठमाडा । राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वानसहित बिहीबारदेखि ‘कोष वृद्धि’ अभियानको सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ–सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ । अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । राप्रपाले पहिलो दिनमै एक करोडको प्रतिबद्धता प्राप्त गरेको छ ।