मनोरञ्जन

टी–२०विश्व विश्वकपको सुपर–१२ मा श्रीलंका पुग्यो

गीलाेंग । टी–२० विश्वकप छनोटको पहिलो खेलमा पराजित भएको श्रीलंकाले उत्कृष्ट पुनरागमन गरेको छ । उसले नेदरल्याण्डलाई १६ रनले हराएको थियो । यो जितसँगै २०१४ को च्याम्पियन श्रीलंकाको टोली सुपर १२ मा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको टोली निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो ।