स्पोर्ट-मनोरञ्जन

इटाली मिलानको एक सुपरमार्केटमा स्पेनिस फुटबलर सहित कैयौं मानिसलाई चक्कुले आक्रमण; एक जनाको मृत्यु, धेरै घाइते

रोम, इटाली । इटालीको मिलानमा रहेको एक सुपरमार्केटमा स्पेनिस फुटबलर पोब्लो मारीसहित कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको छ । आक्रमणमा सुपरमार्केटका क्यासियरको मृत्यु भएको छ भने फुटबलरसहित धेरै व्यक्ति गम्भीर घाइते भएका छन् । इटालियन कानून प्रवर्तन एजेन्सी काराबिनेरीले अनुसार पुलिसले असागोको मिलान उपनगरमा रहेको एक सपिङ सेन्टरमा आक्रमणको संदिग्ध द्धट वर्षीय इटालियन व्यक्तिलाई पक्राउ गरेको छ । समाचार एजेन्सी एएनएसएका अनुसार एक सुपरमार्केट कर्मचारी (क्यासियर) को अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य तीन जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा जनाइएको छ । तिनीहरूमध्ये पाब्लो मारी पनि छन् । आक्रमणबाट एकजना आत्तिएको प्रहरीले जनाएको छ । उनको उपचार पनि भयो । तर, उनलाई अस्पताल भर्ना गरिएको छैन । अहिलेसम्म आक्रमणको कारण थाहा हुन सकेको छैन ।

बीबीसी समाचारका अनुसार पक्राउ परेका व्यक्ति मानसिक रूपमा अस्थिर रहेको प्रहरीले जनाएको छ । आक्रमणको आतंकवादसँग कुनै सम्बन्ध नभएको देखिन्छ । मिडिया रिपोर्टका अनुसार संदिग्ध व्यक्तिले सुपरमार्केटको सेल्फबाट चक्कु निकाले र अचानक मानिसहरूलाई आक्रमण गर्न थालेका थिए । संदिग्धले आक्रमण गर्न थालेपछि सपिङ सेन्टरमा कोलाहल मच्चियो। मानिसहरू आतंकित थिए र बाहिर निस्कन खोजिरहेका थिए ।

पोब्लो मारीलाई सेरी ए फुटबल लिग क्लब मोन्जाले आर्सनलमा लोनमा लिएका थिए । आर्सनलले जारी गरेको विज्ञप्तिमा मारीलाई अस्पतालमा भर्ना गरिएको तर उनलाई गम्भीर चोट लागेको छैन । मोन्जो क्लबका सीईओ एड्रियन ग्यालियानोले ट्वीटर पोस्टमा फुटबलरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । एड्रिन ग्यालियानोले स्काई इटालीलाई भने कि आक्रमण हुँदा फुटबलर पाब्लो आफ्नी श्रीमती र छोरासँग घटनास्थलमा थिए । छोरोलाई ट्रलीमा बसाउन लगाइरहँदा श्रीमती छेउमा हिँडिरहेकी थिइन् । सुरुमा उनले ध्यान दिएनन् । अचानक उनको ढाडमा गहिरो पीडा भयो । शंकास्पद व्यक्तिले उनको ढाडमा छुरी प्रहार गरेका थिए ।