समाचार

चोक्टा खोज्न गएकि बुढी झोलमा डुबेर मरीः बागीलाई नै सघाउने गरी देखियो गठबन्धको नरणनीति

काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले छोडेको सिटमा चित्त बुझाएको नेकपा एसले आगामी मंसीर ४ गते हुने निर्वाचनमा पनि कांग्रेसबाट धोखा पाएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई जसरी पनि जिताउन देउवासँग आग्रह गरेपछि कांग्रेसले सो पार्टीका अर्का नेता झलनाथ खनाललाई नै धोखा दिन लागेका छन् ।

खनाललाई कांग्रेसले गठबन्धनका लागि छाडेको बताए पनि बागी उम्मेदवार उठाएका छन् । गठबन्धनबीच सहमतिमै सिट बाँडफाँट गरिएको भए पनि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका बागीका कारण अन्य नेकपा एसका ७ जना नेताहरुले धोखा पाएका हुन । गठबन्धनमा आवद्ध अन्य दलभन्दा कांग्रेसका बागी धेरै देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा मात्रै माओवादी विरुद्ध १० निर्वाचन क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन । कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीको भागमा परेको ७ निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीका शीर्ष नेताविरुद्ध नै कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका कारण गठबन्धनबीच नै विश्वासको वातावरण गुमेको छ । कांग्रेसको बागीका कै कारण एकीकृत समाजवादीका ७ शीर्ष नेता पराजित हुने अवस्था देखिन थालेको छ । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार छन् । तर, नेपली कांग्रेसका विक्रम पाण्डे आफै उम्मेदवार छन् । यस्तै नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडा उम्मेदवार बनेको उदयपुर–२ मा कांग्रेसकै रामकुमार राईले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीका अर्का उपमहासचिव प्रकाश ज्वाला ज्वालाविरुद्ध पनि कांग्रेस नेता रविन्द्रबहादुर शाहले उम्मेदवारी दिएको छ ।

पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आलेलाई डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार तोकिए पनि कांग्रेसकै नरेन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । झाँक्रीविरुद्ध पनि कांग्रेसका दामोदर भुसालले उम्मेदवारी दिएका छन् । भुसालले झाँक्रीलाई सघाउने भनिए पनि उम्मेदवारी कायम रहेको र भित्री रुपमा कांग्रेसले भुसाललाई नै मत हाल्न निर्देशन दिएको बुझिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर अछाम–१ मा गठबन्धनका साझा उम्मेदवार हुन् । तर, उनिविरुद्ध पनि कांग्रेसकै राजन कुँवरले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी कास्की–२ मा गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालविरुद्ध पनि कांग्रेसकै महादेव गुरुङले उम्मेदवारी दिएका छन् । कांग्रेसले बागी उम्मेदवारलाई समय तोकेरै उम्मेदवारी फिर्ता लिन वा आफ्नो उम्मेदवारी निष्कृय भएको सार्वजनिक जानकारी गराउन निर्देशन दिएको थियो । कांग्रेसले तोकेको मितिमा केहीले उम्मेदवारी फिर्ता लिए पनि एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध परेको उम्मेदवारी भने फिर्ता नभएको हो । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार सात वटै निर्वाचन क्षेत्रमा नेकपा एसलाई मत नदिने अडानपछि बागीका रुपमा आफ्नै उम्मेदवार उठाइएको हो ।

आफ्नै दलको सरकार ढालेर अदालतमा निवेदन हाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि ४ गते मंसिरमा हुन गईरहेको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ठूलो धोखा पाएको छ । चोक्टा खोज्न गएकि बुढी झोलमा डुबेर मरी भन्ने मुहावरा नेकपा एकीकृत समाजवादीका लागि सहि साबीत हुने संकेत देखिन्छ ।