समाचार

नेकपाका विप्लव सहित तीन कम्युनिष्ट पार्टीद्वारा निर्वाचनवि बहिस्कार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने भएका छन् । तीन कम्युनिष्ट पार्टीहरुको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन । शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विलप्व, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुतिले संयुक्त विज्ञप्ति जारी गर्दै दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४
गते संघ र प्रदेशको निर्वाचन गर्न लागेको बताए । उक्त चुनाव बहिस्कार र खारेजी गर्न निर्देशन गर्दै विप्लव नेकपासहितका दलहरुले चुनाव खारेजी अभियान चलाउने निर्णय गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बालकृष्ण खाणले चुनावमा कसैले अवरोध गर्न नपाउने यदि गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।